वडा अधिवेशनसँगै महाधिवेशनको प्रक्रिया निर्णायक चरणमा प्रवेश गर्ने
सुरेस कुमार थपलिया
कांग्रेसको विधानअनुसार ५ हजार ४४५ महाधिवेशन प्रतिनिधि, ३३० प्रदेशसभा क्षेत्रीय सभापति र ७५३ पालिका सभापति महाधिवेशन प्रक्रियामा प्रतिनिधिका रूपमा सहभागी हुनेछन्। विदेशस्थित नेपाली जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट चयन हुने प्रतिनिधि थपिएपछि संख्या अझ बढ्न सक्ने निर्वाचन समितिले जनाएको छ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि ६ हजार ५२८ प्रतिनिधि चयन हुने भएका छन्। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रीय सभापति र पालिका सभापतिसहित उक्त संख्यामा प्रतिनिधि रहने जानकारी दिएका हुन्।
यसैबीच, १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनको तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ। वडा तहको निर्वाचनका लागि निर्वाचन अधिकृतहरू समेत सम्बन्धित क्षेत्रमा परिचालन भइसकेका छन्।कांग्रेसको संशोधित निर्वाचन कार्यतालिकाअनुसार वडा अधिवेशनपछि गाउँ तथा नगर अधिवेशन, प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यक्रम छ।निर्वाचन समितिका अनुसार पार्टीको क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रमअन्तर्गत ८ लाख ७० हजार जनाको नामावली प्राप्त भएको छ। वडा अधिवेशनमा पार्टीमा आबद्ध नेता तथा कार्यकर्ताको सक्रिय सहभागिताका लागि समितिले आग्रह गरेको छ।
यसरी कांग्रेसको १५औँ महाधिवेशनका लागि वडा तहदेखि प्रतिनिधि छनोटको प्रक्रिया अघि बढेको छ। अब असोज ३ र ४ गते हुने वडा अधिवेशनसँगै महाधिवेशनको औपचारिक निर्वाचन प्रक्रिया थप निर्णायक चरणमा प्रवेश गर्नेछ। कांग्रेसको १५औँ महाधिवेशनका लागि ६ हजार ५२८ प्रतिनिधि चयन हुने भएका छन्। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रीय सभापति र पालिका सभापतिसहित उक्त संख्यामा प्रतिनिधि रहने जानकारी दिएका हुन्।
कांग्रेसको विधानअनुसार ५ हजार ४४५ महाधिवेशन प्रतिनिधि, ३३० प्रदेशसभा क्षेत्रीय सभापति र ७५३ पालिका सभापति महाधिवेशन प्रक्रियामा प्रतिनिधिका रूपमा सहभागी हुनेछन्। विदेशस्थित नेपाली जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट चयन हुने प्रतिनिधि थपिएपछि संख्या अझ बढ्न सक्ने निर्वाचन समितिले जनाएको छ।
यसैबीच, १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनको तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ। वडा तहको निर्वाचनका लागि निर्वाचन अधिकृतहरू समेत सम्बन्धित क्षेत्रमा परिचालन भइसकेका छन्।
कांग्रेसको संशोधित निर्वाचन कार्यतालिकाअनुसार वडा अधिवेशनपछि गाउँ तथा नगर अधिवेशन, प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यक्रम छ।निर्वाचन समितिका अनुसार पार्टीको क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रमअन्तर्गत ८ लाख ७० हजार जनाको नामावली प्राप्त भएको छ। वडा अधिवेशनमा पार्टीमा आबद्ध नेता तथा कार्यकर्ताको सक्रिय सहभागिताका लागि समितिले आग्रह गरेको छ।यसरी कांग्रेसको १५औँ महाधिवेशनका लागि वडा तहदेखि प्रतिनिधि छनोटको प्रक्रिया अघि बढेको छ। अब असोज ३ र ४ गते हुने वडा अधिवेशनसँगै महाधिवेशनको औपचारिक निर्वाचन प्रक्रिया थप निर्णायक चरणमा प्रवेश गर्नेछ।
