समाचार

माेटरसाईकलको ठक्करबाट पैदल यात्री उपचारकाे क्रममा मृत्यु

Spread the love

जिल्ला चितवन भरतपुर भरतपुर महानगर वडा ४ लंकु स्थित लक्ष्मी मा.वि. अगाडी रामपुर बाट धर्मचोक तर्फ जाँदै गरेको बा प्र ०६००२ प ९६४२ न.को माेटरसाईकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री जिल्ला नवलपुर कावासोती नगरपालिका १० घर भइ हाल जिल्ला चितवन भरतपुर महानगरपालिका ४ हस्पिटलचोक स्थित डेरा गरि बस्ने जीवन लामाको छोरा वर्ष ८ को बिनोद लामा लाई ठक्कर दिई घाईते भएको भनि अस्थाई प्रहरी पाेस्ट, कल्याणपुरमा जानकारी गराउना साथ उक्त स्थानमा अस्थाई प्रहरी पाेस्ट., कल्याणपुर चितवनबाट प्रहरि हवल्दार नुन बहादुर बराल को कमाण्डमा टोली खटी गई घाइते बिनोद लामालाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएको टाउँको र दाहिने खुट्टामा चोट अवस्था गम्भीर, ठक्कर दिने मोटरसाईकल.चालक जिल्ला प्रहरि रामपुर बस्ने वर्ष २३ को समीर आलमलाई नियन्त्रणमा लिइ वडा प्रहरी कार्यलय नारायणगढ पठाएको समेत जानाकारि दिएकाे छ। बिनोद लामाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारिले बताउनु भयाे ।