इन्जिनियरिङ तथा सुरक्षा प्रविधिमा उल्लेखनीय प्रगति भएको चीनको दावी
’ परियोजनाका लागि विश्वकै सबैभन्दा ठूलो ५८२ टन तौलको सुपरकन्डक्टिङ टोरोइडल–फिल्ड चुम्बक सफलतापूर्वक निर्माण तथा परीक्षण सम्पन्न गरेको छ।चीनले व्यावसायिक आणविक फ्युजन प्रविधितर्फ अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीनले आफ्नो नयाँ पुस्ताको करिब २१ मिटर लामो यो चुम्बक चीनको बर्निङ प्लाज्मा एक्सपेरिमेन्टल सुपरकन्डक्टिङ टोकामाक (BEST) रिएक्टरका लागि तयार गरिएको हो। यसलाई चीनको विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्स (ASIPP) ले विकास गरेको हो।
यो चुम्बकको मुख्य काम १० करोड डिग्री सेल्सियसभन्दा बढी तापक्रममा तातिएको हाइड्रोजन प्लाज्मालाई चुम्बकीय क्षेत्रभित्र स्थिर राख्नु हो। यो तापक्रम सूर्यको केन्द्रभागको तापक्रमभन्दा झण्डै छ गुणा बढी मानिन्छ। यस्तो अवस्थामा कुनै पनि भौतिक पदार्थले प्लाज्मालाई थाम्न नसक्ने भएकाले शक्तिशाली सुपरकन्डक्टिङ चुम्बकको प्रयोग गरिन्छ।
चीनका अनुसन्धानकर्ताहरूका अनुसार यो चुम्बक फ्रान्समा निर्माण भइरहेको अन्तर्राष्ट्रिय ITER परियोजनामा प्रयोग हुने समान चुम्बकभन्दा करिब १.३ गुणा ठूलो छ। यसमा तीन गुणा बढी चुम्बकीय ऊर्जा सञ्चित गर्न सकिने क्षमता रहेको बताइएको छ, जसले प्लाज्मालाई अझ प्रभावकारी रूपमा नियन्त्रण गर्न मद्दत गर्नेछ।
यो परियोजनाको विकासमा करिब छ वर्ष लागेको थियो। यस अवधिमा सुपरकन्डक्टिङ प्रविधि, अत्यधिक चिसो (क्रायोजेनिक) प्रणाली, संरचनात्मक इन्जिनियरिङ तथा सुरक्षा प्रविधिमा उल्लेखनीय प्रगति भएको चीनको दाबी छ। यसबाट दर्जनौं नयाँ पेटेन्ट र औद्योगिक मापदण्डसमेत विकास भएका छन्।
यसअघि चीनको इष्ट अर्थात् ‘आर्टिफिसियल सन’ परियोजनाले अत्यधिक तापक्रममा प्लाज्मालाई लामो समयसम्म स्थिर राख्ने विश्व कीर्तिमानहरू कायम गरिसकेको छ। नयाँ वेष्ट रिएक्टर भने प्रयोगशालाको सीमाभन्दा बाहिर गई दीर्घकालीन रूपमा फ्युजन प्रतिक्रिया सञ्चालन गर्दै बिजुली उत्पादनको सम्भावना प्रदर्शन गर्ने उद्देश्यले विकास भइरहेको छ।चीनले सन् २०२७ सम्म वेष्ट रिएक्टरको निर्माण सम्पन्न गर्ने र सन् २०३० आसपास नियन्त्रित आणविक फ्युजनबाट बिजुली उत्पादन प्रदर्शन गर्ने लक्ष्य राखेको छ।आणविक फ्युजनलाई भविष्यको स्वच्छ ऊर्जाका रूपमा हेरिन्छ। परम्परागत आणविक विखण्डन भन्दा फरक, फ्युजन प्रक्रियाले हल्का हाइड्रोजन परमाणुहरूलाई आपसमा गाभेर अत्यधिक ऊर्जा उत्पादन गर्छ। यसबाट सञ्चालनका क्रममा हरितगृह ग्यास उत्सर्जन हुँदैन र दीर्घकालसम्म रहने रेडियोधर्मी फोहोर पनि निकै कम उत्पादन हुने भएकाले यसलाई विश्वको ऊर्जा संकट समाधान गर्ने सम्भावित प्रविधिका रूपमा हेरिएको छ।
