समाचार

सुरक्षा थ्रेटसम्बन्धी सूचना प्रहरीले किन सार्वजनिक गरेन ?

Spread the love

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले जबरालाई सुरक्षा जोखिम रहेको जानकारी पाएपछि सम्भावित घटना रोक्न कार्यालयमा ल्याएर राखिएको बताएका छन्।पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा थ्रेट रहेको सूचना पाएपछि प्रहरीले शनिबार राति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर अपराध अनुसन्धान कार्यालय, टेकुमा राखेको छ।सुरक्षा थ्रेटपछि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र जबरा प्रहरी कार्यालयमा, पक्राउ पुर्जी भने लिइएको थिएन ।

‘उहाँलाई सुरक्षा थ्रेट छ भन्ने थाहा पाएपछि राति नै केही हुनसक्छ भनेर हाम्रो कार्यालयमा ल्याएर राखेका हौं,’ एसएसपी खड्काले भनेका छन्।जबरालाई नियन्त्रणमा लिनुअघि प्रहरीले कुनै अदालतबाट पक्राउ पुर्जी नलिएको सम्बन्धित स्रोतलाई उद्धृत गर्दै अनलाइनखबरले जनाएको छ। त्यसैले उनलाई आपराधिक अभियोगमा पक्राउ गरिएको हो कि सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो भन्ने विषयमा फरक प्रश्न उठेको छ।

प्रहरी टोली नियन्त्रणमा लिन निवास पुगेपछि जबराले आफ्ना भाइ प्रभुशम्शेरलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए। प्रभुशम्शेरका अनुसार प्रहरीले ‘जेनजीबाट सुरक्षा थ्रेट रहेको’ भन्दै जबरालाई लिएर गएको बताएका थिए।प्रभुशम्शेरले पनि जबरालाई टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखिएको पुष्टि गरेका छन्। उनका अनुसार प्रहरीले जबरालाई भेट्नसमेत दिएको छैन। आइतबार बिहान जबराका छोरा भने उनलाई भेट्न भन्दै अपराध अनुसन्धान कार्यालय पुगेका छन्।

प्रहरीले भने जबरालाई कुनै मुद्दामा पक्राउ गरिएको नभई सुरक्षा जोखिमलाई ध्यानमा राखेर कार्यालयमा ल्याइएको जनाएको छ। सुरक्षा थ्रेटसम्बन्धी सूचना कहाँबाट प्राप्त भयो र त्यसको प्रकृति के थियो भन्नेबारे प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन।