रास्वपाको प्रतिनिधि मण्डलले चीन भ्रमणबाट कस्ताे उपलब्धि हासिल गर्छ भन्ने विषय अब चासोको विषय
अमर कैनि
सिंहदरबारमा सांसदहरूसँग भएको भेटवार्तामा प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने गरी भ्रमण सफल बनाउन सुझाव दिएका हुन्। रास्वपा संसदीय दलका नेता समेत रहेका शाहले चीनबाट नेपालले लिन सक्ने विभिन्न लाभबारे ध्यान दिन निर्देशन दिएको प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।प्रधानमन्त्री बालेन शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसदलाई भ्रमणलाई घुमघाममा मात्रै सीमित नगर्न निर्देशन दिएका छन्। उनले चीनबाट नेपालको हितमा उपयोगी ज्ञान, प्रविधि र आर्थिक अवसर पहिचान गरेर फर्कन आग्रह गरेका छन्। प्रविधि, व्यापार र कृषिमा लाभ लिन सुझाव
बुर्लाकोटीका अनुसार प्रधानमन्त्रीले चीनबाट प्रविधि,व्यापार आर्थिक विकास र पर्यटनका क्षेत्रमा लाभ लिन सकिने सम्भावनाबारे अध्ययन गर्न आग्रह गरेका थिए।विशेषगरी कृषिको आधुनिकीकरण मा चीनको अनुभवबाट सिक्न सकिने विषयलाई प्राथमिकता दिन उनले सुझाव दिएका थिए।प्रधानमन्त्रीले भ्रमण दुई देशको सम्बन्ध सुधारसँगै नेपालको हितमा उपलब्धिमूलक हुनुपर्नेमा जोड दिएको बुर्लाकोटीले बताए।
विपिन आचार्यको नेतृत्वमा २० सांसद चीन जाँदै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल कात्तिक २९ गते चीन प्रस्थान गर्नेछ। भ्रमण १० दिनको हुने बताइएको छ।
भ्रमण टोलीमा गणेश पराजुली, हरि ढकाल, कवीन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटा र डा. धनञ्जय रेग्मी रहेका छन्।त्यस्तै गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा पनि भ्रमण टोलीमा सहभागी हुनेछन्। नेपालको हितमा उपलब्धि हासिल गर्ने लक्ष्य भ्रमणअघि प्रधानमन्त्रीसँग भएको छलफलमा सांसदहरूले भ्रमणको तयारी र उद्देश्यबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नेपालको आर्थिक तथा प्राविधिक विकासमा सहयोग पुग्ने विषयमा ध्यान दिन निर्देशन दिएका छन्।रास्वपाको प्रतिनिधिमण्डलले चीन भ्रमणबाट कस्ता उपलब्धि हासिल गर्छ भन्ने विषय अब चासोको विषय बनेको छ।
