प्रहरीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा
रास्वपा उपमहानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बारा क्षेत्र नम्बर ४ का सांसद रहबर अन्सारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। करिब ७० जनाको उपस्थिति रहेको कार्यक्रममा निर्माणाधीन श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष सुवास मियाँ अन्सारीले पूर्ववडाध्यक्ष तथा हाल रास्वपामा प्रवेश गरेका असलम देवानमाथि विद्यालय निर्माणमा अनियमितता गरेको आरोप लगाएपछि विवाद सुरु भएको बताइएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा पार्टीभित्रकै दुई पक्षबीच कुटाकुट भएको छ। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२३ स्थित भलुही बजारमा भएको झडपमा तीन जना घाइते भएका छन्।
सामान्य भनाभनबाट सुरु भएको विवादले उग्र रूप लिएपछि दुई पक्षबीच हात हालाहाल भएको थियो। झडपका क्रममा प्रमुख अतिथि सांसद अन्सारी कार्यक्रमस्थलबाट बाहिरिएका थिए।
घटनापछि आक्रोशित कार्यकर्ताबीच वीरगञ्जस्थित हेल्थ केयर अस्पताल अगाडि पनि कुटाकुट भएको सार्वजनिक भिडियोमा देखिएको छ। घाइतेमध्ये तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।
