समाचार

मानव अधिकार तथा शान्ति समाज चितवनको अध्यक्षमा जीवन केशी निर्वाचित

Spread the love


चितवन । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको २९औँ जिल्ला साधारणसभा तथा अधिवेशनबाट जीवन केशी अध्यक्षमा निर्वाचित भएका छन्।
अधिवेशनमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको थियो भने अन्य अधिकांश पदमा भने निर्विरोध नेतृत्व चयन भएको थियो। प्रतिस्पर्धाबाट केशी अध्यक्षमा निर्वाचित भएका हुन्।
नवनिर्वाचित कार्यसमितिले मानव अधिकारको संरक्षण, लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धन, शान्ति तथा सामाजिक न्यायका क्षेत्रमा अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
अधिवेशनले मानव अधिकार, शान्ति, सद्भाव तथा जलवायु न्यायका विषयलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा समेत जोड दिएको थियो। कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्वपदाधिकारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।