१५७ किलो १२० ग्राम गाँजा सहित पक्राउ
इलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुर र प्रहरी चौकी भैसे मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका वडा नं. २ भैसे चेकपोष्ट स्थित सडक खण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा पालुङ तर्फबाट हेटौडा बजार तर्फ जानको लागि आउँदै गरेको बा २ ख ३२१९ नं. को भाडा कन्टेनरलाई रोकी चालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिशे नगरपालिका वडा नं. ८ बस्ने बर्ष ४१ को बिर बहादुर तामाङलाई शंका लागी कन्टेनर गाडी समेतको रितपुर्वक खानतलासी गर्दा उक्त कन्टेनर गाडीको पछाडीको डिब्बा भित्र लुकाई छिपाई बिक्री बितरणको लागी ल्याईएको अवस्थामा १२ वटा पोकामा प्रतिबन्धित गांजा १५७ किलो १२० ग्राम फेला पारेको उक्त लागु औषध तथा कन्टेनर गाडी समेत बरामद गरी चालक बिर बहादुर तामाङलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागुऔषध कसुर मुद्धामा म्याद अनुमती लिइ थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय मकानपुरका सुचना अधिकारिले बताउनु भयाे ।
