निर्णय कार्यान्वयन नगर्न मुख्यसचिवकाे आग्रह

Spread the love

देश जेन जेड आन्दोलनको उग्र प्रभावमा तातिरहेको अवस्थामा सिंहदरवारभित्र बसेर कर्मचारीको अनियमित सरुवा गरेका तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले गरेको निर्णय कार्यान्वयन नगर्न मुख्यसचिव एक नारायण अर्यालले सचिव सरिता दवाडीलाई निर्देशन दिएका छन्।

मन्त्री नियुक्ति भएदेखि नै सरुवा खेलमा लिप्त खड्काले सडकमा युवा पुस्ता आन्दोलित हुनुपर्ने बाध्यतालाई समेत नजरअन्दाज गर्दै सिंहदरवारस्थित मन्त्रालयको कालो कोठरीबाट १६ जना सहसचिव तथा उपसचिव स्तरीय प्राविधिक कर्मचारीको सरुवा गरेको समाचार प्रशासन डटकममा प्रकाशित भएपछि मुख्यसचिव अर्यालले सचिव दवाडीलाई तत्काल रोक्न र कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्