धितोपत्र बिमालाई सुदृढ बनाउने नीतिगत सुधार राष्ट्रिय अर्थतन्त्रसँग विषयमा छलफल

Spread the love

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १२ बजे सुरु हुने बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसाेसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल तथा नासा सेक्युरिटिजका सन्दीप जलान सहभागी हुने कार्यक्रम छ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज पुँजीबजार, धितोपत्र व्यवसाय तथा बिमा क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन्।

त्यस्तै, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ पनि छलफलमा सहभागी हुनेछन्।प्रधानमन्त्री कार्यालयका अनुसार प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेलसमेत बैठकमा सहभागी रहनेछन्।बैठकमा पुँजीबजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बिमा क्षेत्रलाई थप सुदृढ बनाउने उपाय, आवश्यक नीतिगत सुधार र समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल हुने जनाइएको छ।