मित्रता र साझेदारीलाई अझ सुदृढ बनाउँदै लैजाने अपेक्षा

Spread the love

रुसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभ र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच बधाई तथा शुभकामना सन्देश आदानप्रदान भएको छ। दुवै मन्त्रीले दुई देशबीचको लामो मित्रता, पारस्परिक सम्मान र विभिन्न क्षेत्रमा भएको सहकार्यको प्रशंसा गरेका छन्।नेपाल र रुसले कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।नेपाल र तत्कालीन सोभियत संघ (हालको रुस) बीच सन् १९५६ जुलाई २० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता दुई देशबीच आपसी सम्मान, मित्रता र सहकार्यको सम्बन्ध निरन्तर अघि बढ्दै आएको छ।

दुवै पक्षले साझा हितका क्षेत्रहरूमा सहकार्यलाई थप विस्तार गर्ने, आर्थिक, सांस्कृतिक, शैक्षिक तथा कूटनीतिक सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।नेपालले आगामी ७० वर्षमा पनि रुससँगको मित्रता र साझेदारीलाई अझ सुदृढ बनाउँदै लैजाने अपेक्षा व्यक्त गरेको छ। नेपाल र रुसबीचको सात दशक लामो सम्बन्धलाई दुवै देशले स्थायी मित्रता र आपसी विश्वासको उदाहरणका रूपमा लिएका छन्।