१-० अर्जेन्टिनालाई पराजित स्पेन १६ वर्षपछि दोस्रो पटक विश्वकप

Spread the love

फाइनलमा साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले १६ वर्षपछि दोस्रो पटक विश्वकप ट्रफी उचालेको हो।स्पेनले अद्भुत रक्षात्मक प्रदर्शनको बलमा फिफा विश्वकप २०२६ को उपाधि जितेको छ

यस विश्वकपभर स्पेनले केवल १ गोल मात्र खायो, जुन प्रतियोगिताकै उत्कृष्ट रक्षात्मक प्रदर्शनमध्ये एक मानिएको छ। समूह चरणदेखि फाइनलसम्म स्पेनले अधिकांश खेलमा क्लिन–सिट राख्दै विपक्षी टोलीका आक्रमणलाई निष्प्रभावी बनाएको थियो।

स्पेनको ऐतिहासिक यात्रामा अस्ट्रियामाथि ३–०, पोर्चुगलमाथि १–०, बेल्जियममाथि २–१ र फ्रान्समाथि २–० को जित विशेष रह्यो। प्रतियोगिताभर उसले खाएको एकमात्र गोल बेल्जियमविरुद्धको क्वार्टरफाइनलमा आएको थियो।प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले बल नियन्त्रण, अनुशासित रक्षापंक्ति र सामूहिक खेलमार्फत विश्व फुटबलमा आफ्नो प्रभुत्व प्रमाणित गर्‍यो। प्रतियोगिताभर स्पेनको रक्षापंक्तिले मात्र एक गोल स्वीकार गरेको तथ्यले टोलीको सन्तुलित प्रदर्शन झनै स्पष्ट बनाएको छ।योसँगै स्पेनले सन् २०१० पछि पहिलो पटक विश्वकप जित्दै दोस्रो विश्व उपाधि आफ्नो नाममा लेखाएको छ।