स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

Spread the love

प्राविधिक टोलीले कारखानाको भवन, मेसिनरी, पूर्वाधार, बजार सम्भावना तथा आवश्यक लगानी सम्बन्धी स्थलगत अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ।दुई दशकभन्दा लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने तयारी सरकारले औपचारिक रूपमा अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारखानाको सम्पत्ति र दायित्वको ड्यु डिलिजेन्स एसेसमेन्ट प्रक्रिया सुरु गरेको हो।

वि.सं. २०३९ सालमा स्थापना भएको बुटवल धागो कारखाना २०६४ सालदेखि बन्द छ। लामो समय सञ्चालन नभएका कारण यसको भवन र अन्य भौतिक संरचना अहिले जीर्ण अवस्थामा पुगेका छन्।

कृष्णकुमार भट्टराईको नेतृत्वमा रहेको प्राविधिक टोलीले कारखानाको भवन, मेसिनरी, पूर्वाधार, बजार प्रारम्भिक अनुमानअनुसार कारखानालाई आधुनिक प्रविधिसहित पुनः सञ्चालन गर्न करिब १ अर्ब रुपैयाँ लगानी आवश्यक पर्न सक्ने देखिएको छ। प्रतिवेदन तयार भएपछि सञ्चालनको मोडालिटी, लगानी संरचना तथा व्यवस्थापनको अन्तिम निर्णय गरिने सरकारको योजना छ।

कारखाना पुनः सञ्चालनमा आए रोजगारीका अवसर सिर्जना हुने, स्वदेशमै धागो उत्पादन बढ्ने, आयातमा निर्भरता घट्ने तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।बुटवल धागो कारखानाको पुनर्जीवनलाई नेपालका बन्द उद्योगहरू पुनः सञ्चालन गर्ने सरकारी प्रयासको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।