महिलालाई भारतमा बेचविखन गरेको अभियोगमा २७ वर्ष कैद

Spread the love

जिल्ला न्यायाधीश लालसिंह थापाको इजलासले बिहीबार सुनाएको फैसलाअनुसार राजेश नेपालीलाई ३० वर्ष ६ महिना कैद, २ लाख ५ हजार रुपैयाँ जरिवाना तथा पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ।दाङकी २२ वर्षीया एक महिलालाई भारतमा बेचविखन गरेको अभियोगमा जिल्ला अदालत दाङले तुलसीपुर उपमहानगरपालिका–१६ निवासी राजेश नेपाली र उनकी पत्नी राधा पाण्डेलाई दोषी ठहर गर्दै जनही ३० वर्ष कैद सजाय सुनाएको छ।

त्यस्तै, राधा पाण्डेलाई ३० वर्ष कैद, २ लाख रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला अदालतले गरेको छ।यसै प्रकरणमा भारतको उत्तर प्रदेश, बलरामपुर जिल्ला, इमिलिया निवासी राम निवास मौर्यलाई पनि दोषी ठहर गर्दै अदालतले २७ वर्ष कैद, ३ लाख ५० हजार रुपैयाँ जरिवाना तथा १८ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ।

अदालतका अनुसार राजेश नेपालीलाई मानव बेचविखन कसुरमा २० वर्ष, पीडितलाई यौनजन्य गतिविधिमा लगाएको कसुरमा १० वर्ष तथा पटके कसुरमा थप ६ महिना कैद सजाय निर्धारण गरिएको हो।राधा पाण्डेलाई मानव बेचविखन कसुरमा २० वर्ष र यौनजन्य गतिविधिमा लगाएको कसुरमा १० वर्ष गरी ३० वर्ष कैद तोकिएको छ। त्यसैगरी, राम निवास मौर्यलाई मानव बेचविखन कसुरमा २० वर्ष र जबरजस्ती करणी कसुरमा थप ७ वर्ष गरी २७ वर्ष कैद सजाय सुनाइएको अदालतले जनाएको छ।