हुथी आक्रमणले चार वर्षदेखिको युद्धविराम तोड्ने संकेत
साउदीमाथि हुने कुनै पनि आ’क्र’मणलाई पाकिस्तानले आफ्नो सुरक्षासँग जोडेर हेरेको जनाएको छ। पाकिस्तानले गत वर्ष साउदी अरेबियासँग पारस्परिक रक्षा सम्झौता गरेको छ भने हजारौँ पाकिस्तानी सैनिक त्यहाँ तैनाथ छन्। इरान समर्थित हुथी विद्रोहीद्वारा साउदी अरेबियामाथि गरिएको आ’क्र’मणपछि पाकिस्तान गम्भीर रूपमा चिन्तित बनेको छ। यस घटनाले पाकिस्तानलाई सम्भावित रूपमा द्वन्द्वमा तान्न सक्ने खतरा बढाएको विश्लेषण गरिएको छ।
पाकिस्तानी अधिकारीका अनुसार, उच्च तहमा इरानलाई साउदीमाथिको आ’क्र’मण पाकिस्तानमाथिको आ’क्र’मण सरह मानिने सन्देश दिइएको छ। हुथी आ’क्र’मणले चार वर्षदेखिको युद्धविराम तोड्ने संकेत देखिए पनि हालसम्म अवस्था सीमित रहेको बताइएको छ।विश्लेषकहरूका अनुसार, यस्तो तनावले पाकिस्तानको अमेरिका र इरानबीच मध्यस्थ बन्ने भूमिकालाई जटिल बनाउनेछ। साथै रेड सि क्षेत्रमा अस्थिरता बढेमा व्यापार र तेल आपूर्तिमा असर पर्ने चिन्ता पनि व्यक्त गरिएको छ।
