आरोप लाग्नु र दोषी ठहर हुनु फरक कुरा -अभिषेकप्रताप शाह
पक्राउ पूर्जी जारी भएपछि अभिषेकप्रताप शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफूमाथि लागेको मुद्दा राजनीतिक प्रतिशोध, चुनावी हारको पीडा र विपक्षीहरूको षड्यन्त्रको परिणाम भएको दाबी गरेका छन्। उनले कसैलाई सहयोग गर्न जाँदा आफू यस्तो अवस्थाको सामना गर्नुपरेको उल्लेख गर्दै आफ्नो चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप लगाए।
शाहले नेपालको संविधान, कानुन र न्यायालयप्रति आफूलाई पूर्ण विश्वास रहेको बताउँदै सत्य चाँडै सार्वजनिक हुने विश्वास व्यक्त गरेका छन्। उनले कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने र आफ्नो पक्षबाट विधिसम्मत कानुनी लडाइँ लड्ने प्रतिबद्धता पनि जनाएका छन्।
उनले “आरोप लाग्नु र दोषी ठहर हुनु फरक कुरा हो” भन्दै आफूले जनताबाट प्राप्त गरेको विश्वास र समर्थनलाई कायम राख्दै सार्वजनिक सेवामा निरन्तर लागिरहने बताएका छन्।
साथै, आफ्ना समर्थक, शुभेच्छुक र कार्यकर्तालाई कानुनविपरीत कुनै गतिविधिमा संलग्न नहुन तथा धैर्यका साथ कानुनी प्रक्रियालाई सम्मान गर्न पनि उनले आग्रह गरेका छन्। प्रक्राउ पूर्जी जारी भएपछि सांसद शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफूमाथि लागेको मुद्दा राजनीतिक प्रतिशोध, चुनावी हारको पीडा र विपक्षीहरूको षड्यन्त्रको परिणाम भएको दाबी गरेका छन्। कपिलवस्तु–३ बाट निर्वाचित सांसद शाहविरुद्ध कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि आक्रमण गरेको आरोपमा मुद्दा दर्ता भएपछि अदालतले पक्राउ पूर्जी जारी गरेको हो।पक्राउ पूर्जी जारी भएपछि सांसद शाहले सामाजिक सञ्जालमार्फत उनले कसैलाई सहयोग गर्न जाँदा आफू यस्तो अवस्थाको सामना गर्नुपरेको उल्लेख गर्दै आफ्नो चरित्र हत्या गर्ने प्रयास भइरहेको आरोप लगाए।
शाहले नेपालको संविधान, कानुन र न्यायालयप्रति आफूलाई पूर्ण विश्वास रहेको बताउँदै सत्य चाँडै सार्वजनिक हुने विश्वास व्यक्त गरेका छन्। उनले कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने र आफ्नो पक्षबाट विधिसम्मत कानुनी लडाइँ लड्ने प्रतिबद्धता पनि जनाएका छन्।उनले “आरोप लाग्नु र दोषी ठहर हुनु फरक कुरा हो” भन्दै आफूले जनताबाट प्राप्त गरेको विश्वास र समर्थनलाई कायम राख्दै सार्वजनिक सेवामा निरन्तर लागिरहने बताएका छन्।साथै, आफ्ना समर्थक, शुभेच्छुक र कार्यकर्तालाई कानुनविपरीत कुनै गतिविधिमा संलग्न नहुन तथा धैर्यका साथ कानुनी प्रक्रियालाई सम्मान गर्न पनि उनले आग्रह गरेका छन्।
