ठूलो परिमाणको सम्पत्ति सरकारद्वारा जफत
निर्वाचनपछि सत्तामा आएको तारिक रहमान नेतृत्वको सरकारले यो कदम चालेको हो। सरकारी पक्षले हसिनाले आफ्नो १५ वर्षे शासन अवधिमा अवैध रूपमा सम्पत्ति संकलन गरेको आरोप लगाएको छ।बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनासँग सम्बन्धित ठूलो परिमाणको सम्पत्ति सरकारले जफत गरेको छ। करिब ६.२ अर्ब अमेरिकी डलर (९ खर्ब ४२ अर्ब रुपैयाँ) बराबरको उक्त सम्पत्ति नियन्त्रणमा लिइएको हो।
बंगलादेशको फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआईयू)का अनुसार देशभित्र रहेको करिब ५७० अर्ब टका र विदेशमा रहेको १९० अर्ब टका बराबरको सम्पत्ति जफत गरिएको हो।आन्दोलनपछि सत्ताच्युत भई देश बाहिर रहेकी हसिनाले यसै वर्षको अन्त्यसम्म स्वदेश फर्किने घोषणा गरेलगत्तै यस्तो निर्णय सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
