हृदयघात भएपछि पाटन अस्पतालमा भर्ना
स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको हो। पूर्वउपराष्ट्रपति अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि पाटन अस्पतालमा भर्ना गरिएको छ ।
हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको परिवारले जनाएको छ।पारिवारिक स्रोतका अनुसार स्वास्थ्यमा सुधार देखिएकाले पर्सिसम्म अस्पतालबाट डिस्चार्ज गर्ने सम्भावना रहेको छ।शाक्यको स्वास्थ्यलाभको कामना गर्दै विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्न थालेका छन्।
