सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति

Spread the love

जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङको हातबाट उनले नागरिकता लिएकी हुन्। राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्। चार वर्षअघि विवाह भए पनि दर्ता नभएको र नागरिकता नबनाइएको अवस्थामा श्रीमानको निधनपछि विवाह दर्तासँगै नागरिकता जारी गरिएको हो।

उक्त घटनापछि सरकार, जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ। सहमतिअनुसार अब परिवारले शव बुझ्ने भएको छ।सहमतिमा घटनाको छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्ने, गणेश नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, संलग्न नगर प्रहरीलाई निलम्बन गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने र छोरीको उच्च शिक्षाको जिम्मा महानगरले लिने जस्ता बुँदाहरू समावेश छन्।त्यसैगरी परिवारलाई राहत, काजकिरिया खर्च, स्वास्थ्य बिमा र बसोबास सम्बन्धी खर्चसमेत महानगरले व्यहोर्ने सहमति गरिएको छ।