कसैको मनमा चोट पुगेको भए माफि चाहन्छु-महावीर पुन
नियम उल्लंघन गर्नेलाई रु. ५० हजार जरिवाना गर्नुपर्ने भनेर आफूले दिएको अभिव्यक्तिप्रति स्पष्टीकरण दिँदै महावीर पुनले उक्त फिर्ता लिएको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अज्ञानवश आफ्नो भनाइबाट कसैको मनमा चोट पुगेको भए क्षमा माग्दै अबदेखि एक वर्षसम्म अत्यन्त महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक कुनै पनि युट्युबर, सामाजिक सञ्जाल सञ्चालक वा पत्रकारलाई अन्तरवार्ता नदिने घोषणा गरेका हुन्।५० हजार जरिवाना गर्नुपर्छ’ भनेर बोलेको कुरा महावीर पुनले लिए फिर्ता
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन ले केही दिनअघि ट्राफिक नियम उल्लंघन गर्नेलाई रु. ५० हजार जरिवाना गर्नुपर्ने भनेर आफूले दिएको अभिव्यक्तिप्रति स्पष्टीकरण दिँदै उक्त कुरा फिर्ता लिएको घोषणा गरेका छन्।
महावीर पुनले आफ्नो स्टाटसमा ट्राफिक जरिवानाबारे आफूलाई धेरै जानकारी नभएको कुरा सुरुमै स्पष्ट पारे पनि अन्तर्वार्ताका क्रममा पटक–पटक सोधिएपछि आफूले ट्राफिक नियम अटेर गर्नेलाई जरिवाना हुनुपर्छ भन्ने धारणा मात्रै राखेको बताएका छन्। उनका अनुसार ‘रु. ५० हजार’ जरिवानाको विषय भने आफूले नभई अन्तर्वार्ता लिने पक्षले नै उठाएको थियो। त्यसैलाई आधार बनाएर सामाजिक सञ्जालमा आफ्नो भनाइलाई फरक ढंगले प्रचार गरिएको उनको गुनासो छ।
उनले ट्राफिक नियम उल्लंघन गर्ने वा अन्य अपराध गर्ने व्यक्तिलाई कानुनअनुसार आवश्यक जरिवाना र सजाय हुनुपर्ने आफ्नो मूल धारणा रहेको दोहोर्याएका छन्। साथै, देश र समाजलाई अनुशासित बनाउन कानुनको कार्यान्वयन अपरिहार्य रहेको उल्लेख गर्दै नियम अटेर गर्नेहरूले पनि आत्ममूल्यांकन गर्नुपर्ने बताएका छन्।यही विवादपछि उनले अब आगामी एक वर्षसम्म अत्यन्त महत्वपूर्ण सार्वजनिक सरोकारका विषयबाहेक कुनै पनि युट्युबर, सामाजिक सञ्जाल माध्यम वा पत्रकारलाई एक शब्द पनि अन्तरवार्ता नदिने कडा घोषणा गरेका छन्। साथै, आफ्ना भनाइबाट अनावश्यक विवाद सिर्जना भएकामा दुःख व्यक्त गर्दै भविष्यमा यस्ता विषयमा थप सतर्क रहने संकेत पनि दिएका छन्।
