महाधिवेशनमा मतदान सुरु हुन ढिलाइ भएपछि प्रतिनिधि हरूले छिटो मतदान सुरु गर्न माग गर्दै नाराबाजी

Spread the love

प्रथम महाधिवेशनमा मतदान सुरु हुन ढिलाइ भएपछि प्रतिनिधिहरूबीच होहल्ला भएको छ। पछिल्लो कार्यतालिका अनुसार बुधबार राति साढे १० बजेदेखि मतदान सुरु हुने भनिए पनि प्रक्रिया सुरु हुन नसकेपछि असन्तुष्टि बढेको हो।

महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधिहरूले छिटो मतदान सुरु गर्न माग गर्दै नाराबाजी गरेका छन्। उनीहरूले आफूहरूलाई तत्काल मतदान स्थलभित्र प्रवेश दिनुपर्ने माग राखेका छन्।केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले यसअघि नै नयाँ समय तालिका सार्वजनिक गरेका थिए। तर निर्धारित समयमा पनि मतदान सुरु हुन नसकेपछि परिस्थिति तनावग्रस्त बनेको छ।निर्वाचनसँग सम्बन्धित पदाधिकारी र प्रदेश सभापतिहरूलाई छलफलका लागि निर्वाचन हलमा बोलाइएको छ। यता प्रतिनिधिहरूलाई लाइनमा बस्न माइकिङमार्फत आग्रह गरिएको छ।