कांग्रेसले कुनै पनि अप्राकृतिक गठबन्धन नगर्ने- गगन थापा

Spread the love

नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। गगन थापा नेतृत्वको कार्यसमितिले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले पार्टी एक्लै चुनावमा जाने निर्णय गरेको हो।पार्टीका प्रवक्ता देवराज चालिसेले बैठकपछि जानकारी दिँदै कांग्रेसले कुनै पनि अप्राकृतिक गठबन्धन नगर्ने अडान पुनः दोहोर्‍याएको बताए। उनका अनुसार पार्टी आफ्नै संगठनात्मक शक्ति र नीतिगत स्पष्टताका आधारमा निर्वाचनमा होमिनेछ।चालिसेले कांग्रेस एकताबद्ध रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने र जनताको अपेक्षा पूरा गर्न केन्द्रित हुने बताए। विशेष गरी जेनजी पुस्ताको आकांक्षा प्रतिनिधित्व गर्दै जनतामाझ भरोसा जगाउने कार्यक्रम र एजेन्डामा पार्टी केन्द्रित रहने उनको भनाइ छ।केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनको तयारी, संगठन सुदृढीकरण, प्रचार रणनीति तथा नीति कार्यक्रमका विषयमा समेत छलफल भएको जनाइएको छ। कांग्रेस नेतृत्वले पार्टीभित्रको एकता कायम राख्दै लोकतान्त्रिक मूल्य र जिम्मेवार राजनीतिका आधारमा चुनावी अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।