समाचार

सरसफाइ र प्रदूषणजस्ता विषयमा छलफल हुनुपर्नेमा राजनीतिक विवादका कारण प्रभावित

Spread the love

भारतिय विकास कोष, सरसफाइ र प्रदूषणका विषयमा छलफल भइरहेका बेला कांग्रेस नेतृ नाजिया दानिसको व्यंग्यात्मक टिप्पणीपछि विवाद सुरु भएको थियो।दिल्ली नगर निगमको बैठक रणभूमि बन्यो, आप र कांग्रेसका पार्षदबीच माइक खोसाखोस र धक्कामुक्कीभारतको दिल्ली नगर निगम (एमसीडी) को बैठकमा आम आदमी पार्टी (आप) र कांग्रेसका पार्षदबीच विवाद चर्किँदा माइक खोसाखोस, धक्कामुक्की र हातपातको अवस्था सिर्जना भएको छ

विवाद बढ्दै जाँदा दुवै पक्षका पार्षदबीच चर्काचर्की भएको थियो। केही पार्षद महापौर प्रवेश वाहीको आसननजिक पुगेर माइक खोसाखोसमा उत्रिएका थिए। हंगामाका क्रममा माइक तोड्ने प्रयास र महापौरको कुर्सीनजिक चिया फ्याँकिएको आरोपसमेत लागेको छ।

विवादकै बीच महापौर वाहीले बैठकको कार्यसूची पारित गराएर बैठक स्थगित गरेका थिए। उनले घटनामा संलग्न पार्षदहरूमाथि कारबाही हुन सक्ने संकेत दिएका छन्।

नगरको विकास, सरसफाइ र प्रदूषणजस्ता सार्वजनिक महत्त्वका विषयमा छलफल हुनुपर्ने बैठक राजनीतिक विवादका कारण प्रभावित भएको छ।