समाचार

बडादसैँको द्वादशी आज आफन्तसँगको भेटघाट र आशीर्वाद आदानप्रदान जारी

Spread the love

सुरेश कुमार थपलिया

काठमाडौं, कात्तिक ६। नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज २०८३ साल कात्तिक ६ गते शुक्रबार द्वादशी तिथि परेको छ। दसैँको टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने तथा आफन्तजनसँग भेटघाट गर्ने क्रम जारी छ।

नेपाली पात्रोअनुसार आज असोज शुक्ल पक्षको द्वादशी तिथि परेको हो। आजको दिन धार्मिक आस्था, पारिवारिक आत्मीयता र सामाजिक सद्भावसँग जोडिएको छ। दसैँका अवसरमा टाढा रहेका आफन्त तथा परिवारका सदस्यहरू घर फर्कने, परिवारसँग समय बिताउने र शुभकामना आदानप्रदान गर्ने परम्परा रहिआएको छ।

बडादसैँले परिवार तथा समाजमा आपसी प्रेम, सद्भाव, एकता र मेलमिलापको सन्देश दिने गर्दछ। दसैँका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले नेपाली समाजमा पुस्ताबीचको सम्बन्धलाई समेत बलियो बनाउँदै आएको दसैँ केवल धार्मिक पर्व मात्र नभई नेपाली मौलिक संस्कृति, पारिवारिक एकता र सामाजिक सद्भावको प्रतीक पनि हो। यस पर्वले सबैमा सुख, शान्ति, समृद्धि र सकारात्मक सोचको भावना जागृत गराउने विश्वास गरिन्छ।