आईटी आउटसोर्सिङ कम्पनीको रोजगारमा आधारित ग्रीनकार्ड प्रक्रियामा रोक
अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले विदेशी कामदारलाई कम पारिश्रमिकमा नियुक्त गरी अमेरिकी कामदारलाई विस्थापित गर्न एच–१बी भिसा प्रणालीको दुरुपयोग भइरहेको आरोप लगाएका छन्। उनले यसलाई रोक्न कडा नियमन र कार्यक्रम सुधारका लागि कंग्रेसलाई आग्रह गरेका छन्।
अमेरिकामा ट्रम्प प्रशासनको भिसा कडाइ माइक्रोसफ्ट र एडोबीसहित ८ कम्पनीको ग्रीनकार्ड प्रक्रिया रोकियोअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले माइक्रोसफ्ट र एडोबीसहित आठ ठूला प्रविधि तथा आईटी आउटसोर्सिङ कम्पनीको रोजगारमा आधारित ग्रीनकार्ड प्रक्रियामा रोक लगाएको छ। साथै, भिसा कार्यक्रमको दुरुपयोग गरेको आशंकामा नौ अमेरिकी विश्वविद्यालयमाथि अनुसन्धान अघि बढाइएको छ।
ट्रम्प प्रशासनले केही एच–१बी भिसा आवेदनमा १ लाख अमेरिकी डलर शुल्कसम्बन्धी व्यवस्था पनि अघि सारेको छ। प्रशासनको तर्कअनुसार यसले सस्तो विदेशी श्रमको प्रयोगलाई निरुत्साहित गर्नेछ र अमेरिकी कामदारको रोजगारी संरक्षण गर्नेछ।
यसैबीच, सेप्टेम्बर १८ मा जारी कार्यकारी आदेशले एच–१बी भिसा प्रायोजनको समीक्षा गर्दा सम्बन्धित अमेरिकी कामदारको छँटनी भएको वा हुने योजनालाई समेत ध्यान दिन निर्देशन दिएको छ।
