समाचार

अस्ट्रेलियामा बसोबास गरिरहेका १ लाख २९ हजार ५९० लाईपीआर योग्यता सर्तहरू पूरा गर्नुपर्ने

Spread the love

अस्ट्रेलियाको गृह मन्त्रालयका अनुसार कुल कोटामध्ये १ लाख ३२ हजार २४० स्थान दक्ष कामदारका लागि र ५२ हजार ४६० स्थान परिवार पुनर्मिलनका लागि छुट्याइएको छ।अस्ट्रेलियाले १ लाख ८५ हजारलाई स्थायी बसोबास दिने, दक्ष कामदारलाई प्राथमिकतामा अस्ट्रेलियाले आर्थिक वर्ष २०२६/२७ मा १ लाख ८५ हजार जनालाई स्थायी बसोबास (पीआर) दिने लक्ष्य कायम राखेको छ। यो संख्या अघिल्लो आर्थिक वर्षकै बराबर हो।

सरकारले अस्ट्रेलियामै बसोबास गरिरहेका आप्रवासीलाई प्राथमिकता दिँदै १ लाख २९ हजार ५९० स्थान उनीहरूका लागि छुट्याएको छ। तर, पीआर प्राप्त गर्न आवेदकले सम्बन्धित भिसाका योग्यता र सर्तहरू पूरा गर्नुपर्नेछ।