सचिवालयमा २७ जनालाई नियुक्ति दिएको विवरण सार्वजनिक

Spread the love

प्रधानमन्त्री शाहलकाे सचिवालयमा २७ जनालाई नियुक्ति दिएको विवरण सार्वजनिक भएको छ। प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त जानकारी मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई मन्त्रीसरहको सेवा–सुविधा पाउने गरी नियुक्त गरेका छन्। त्यस्तै नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्रीसरहको सुविधा दिइएको छ।प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्ति दिएको विवरण सार्वजनिक भएको छ। प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त जानकारी दिएको हो।

प्रधानमन्त्री शाहले मन्त्रालयको संख्या २२ बाट १८ मा झारे पनि सचिवालयमा दुई जनालाई मन्त्रीसरह र दुई जनालाई राज्यमन्त्रीसरह सुविधा दिएको विषय चर्चामा आएको छ। कानुनी व्यवस्थाअनुसार प्रधानमन्त्रीले सचिवालयमा बढीमा ४८ जनासम्म राख्न सक्ने व्यवस्था छ।प्रधानमन्त्री कार्यालयले मन्त्रीसरह र राज्यमन्त्रीसरह नियुक्त भएका सचिवालय सदस्यलाई गाडी र चालक सुविधा उपलब्ध गराइने जनाएको छ। यद्यपि सचिवालयले प्रयोग गर्ने गाडीको संख्या, मासिक खर्च, टेलिफोन, खाजा, पेट्रोलियम तथा अन्य प्रशासनिक खर्चबारे सांसदले सोधेका प्रश्नको स्पष्ट जवाफ भने दिएको छैन।

सांसद थपलियाले सचिवालयका कारण राज्यकोषमा पर्ने भारबारे पनि प्रश्न गरेकी थिइन्। तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यसबारे समेत ठोस विवरण नदिएको भन्दै उनले असन्तुष्टि जनाएकी छन्। उनका अनुसार चित्तबुझ्दो जवाफ नआएसम्म पुनः प्रश्न गर्नेछिन्।प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाले भने मन्त्रीसरह र राज्यमन्त्रीसरह नियुक्ति प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ अनुसार गरिएको र पदाधिकारी तथा कर्मचारीले कानुनबमोजिम सम्बन्धित श्रेणीसरहको सेवा–सुविधा पाउने व्यवस्था रहेको उल्लेख गरेका छन्।