समाचार

चितवनमा भूमिहीनका समस्या समाधान र सहकारीपीडितका गुनासा सम्बोधन गर्न मन्त्री रावलको चासो

Spread the love

अमर कैनि
चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले चितवनमा भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा र भूमि व्यवस्थापनसम्बन्धी विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
मन्त्री रावलको चितवन भ्रमणका क्रममा जिल्ला भूमि समस्या समाधान समितिसँग छलफल गर्नुका साथै भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको सार्वजनिक समाचारमा उल्लेख छ।
अन्तरक्रियामा भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारीमा रकम जम्मा गरेर समस्यामा परेका बचतकर्ताका गुनासा र भूमि व्यवस्थापनका विषय प्राथमिकतामा रहने जनाइएको छ। साथै मन्त्रालयबाट हालसम्म भएका काम, आगामी योजना तथा नागरिकका समस्या समाधानका उपायबारे पनि छलफल हुने बताइएको छ।
भूमिसम्बन्धी समस्या लामो समयदेखि भोगिरहेका नागरिकले जग्गाको स्वामित्व, लालपुर्जा प्राप्ति तथा व्यवस्थित बसोबासका विषयमा स्पष्ट समाधानको अपेक्षा गरेका छन्। त्यसैगरी सहकारीपीडितले आफ्नो बचत फिर्ता र न्यायोचित सम्बोधनको माग गर्दै आएका छन्।
मन्त्रीको भ्रमणका क्रममा नागरिकका गुनासा सुन्ने र सम्बन्धित निकायसँग समन्वय गरी समाधानका उपाय खोज्ने विषय महत्वपूर्ण रहनेछ।