.डा गोविन्द केशिका संघर्षमा सधैं साथ रहने-मन्त्री सस्मित पोखरेल

Spread the love

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पाेखरेलले अनसनरत डा. गोविन्द केसीका मागबारे सरकारको ध्यान गएको र त्यस सम्बन्धमा प्रारम्भिक संवाद अघि बढाइएको बताएका छन्। मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले केसीसँग अनौपचारिक तहमा छलफल भइरहेको जानकारी दिए।

मन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारको अभियानमा डा. केसीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आफू विगतमा पनि उक्त आन्दोलनसँग जोडिएको स्मरण गरे। उनले केसीले उठाएका मुद्दाहरूप्रति सम्मान व्यक्त गर्दै तिनको महत्व स्वीकार गरे।शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अनसनरत डा. गोविन्द केसीका मागबारे सरकारको ध्यान गएको र त्यस सम्बन्धमा प्रारम्भिक संवाद अघि बढाइएको बताएका छन्। मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले केसीसँग अनौपचारिक तहमा छलफल भइरहेको जानकारी दिए।

हाल डा. केसीले उठाएका प्रमुख मागहरू शिक्षा मन्त्रालयसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्। चिकित्सा शिक्षा आयोगलाई स्वायत्त र प्रभावकारी बनाउने, विद्यमान ऐनको पूर्ण कार्यान्वयन गर्ने तथा निजी मेडिकल कलेजहरूको अनियमितता नियन्त्रण गर्ने विषयमा अन्तिम निर्णय गर्ने जिम्मेवारी मन्त्रालयमै रहेको छ।यस सन्दर्भमा सामाजिक सञ्जालमा मन्त्री पोखरेलको विगतको अभिव्यक्ति पुनः चर्चामा आएको छ, जहाँ उनले केसीको संघर्षमा सधैं साथ रहने बताएका थिए। अहिले उनी मन्त्रीको भूमिकामा रहेकाले त्यतिबेलाको प्रतिबद्धता र वर्तमान निर्णयबीचको सम्बन्धबारे सार्वजनिक चासो बढेको देखिन्छ।