घरहरू भत्काउन बुलडोजर घर खाली गर्न पाँच मिनेट समय
हेब्रोनमा भएको गोलीकाण्डपछि उनले उक्त क्षेत्रमा कडा घेराबन्दी र व्यापक सैन्य अभियानको तयारी गर्न निर्देशन दिएका हुन्। गोलीकाण्डमा दुई इजरायली सैनिक मारिएका छन् भने तीन जना घाइते भएका छन्। इजरायली सेनाको जवाफी कारबाहीमा दुई प्यालेस्टाइनी आक्रमणकारी पनि मारिएका छन्। घटनापछि इजरायलले हेब्रोनका प्रवेश तथा निकास मार्गमा कडाइ गर्दै वेस्ट बैंकभरि पूर्ण लकडाउनको तयारी गरेको छ।वेस्ट बैंकमा ठुलो सैन्य कारबाही गर्ने नेतान्याहुको चेतावनी, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कब्जा गरिएको वेस्ट बैंकमा सन् १९६७ पछिकै ठूलो सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। हेब्रोनमा भएको गोलीकाण्डपछि उनले उक्त क्षेत्रमा कडा घेराबन्दी र व्यापक सैन्य अभियानको तयारी गर्न निर्देशन दिएका
नेतान्याहुले आक्रमणकारी आएको भनिएको बस्तीका बासिन्दालाई हटाउने, घरघरमा खानतलासी गर्ने तथा हतियार र सशस्त्र समूहका संरचना नष्ट गर्ने योजना सार्वजनिक गरेका छन्।
यसैबीच, इजरायली सेनाले हेब्रोन क्षेत्रमा प्यालेस्टाइनीका घरहरू भत्काउन बुलडोजर परिचालन गरेको छ। स्थानीय स्रोतका अनुसार घरधनीलाई घर खाली गर्न पाँच मिनेट मात्रै समय दिइएको थियो। स्थानीय बासिन्दाले भत्काइएका घरहरूको आक्रमणकारीसँग सम्बन्ध नरहेको बताएका छन्।
