खैरोहेरोईन जस्तो देखिने पदार्थ सहित ७ जना पक्राउ

Spread the love

हेटौडा स्थित बिभिन्न स्थानहरुमा लागूऔषधको कारोवार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुबाट समेत संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ०१ बस्ने वर्ष २० को सतिस लामा,. वडा नं. ०५ सानोपोखरा बस्ने वर्ष २० को सन्जिव लामा, भिमफेदी गाँउपालिका वडा नं. ०२ कालिकाटार बस्ने वर्ष १९ की सन्ध्या पाख्रिन र मकवानपुरगढी गाँउपालिका वडा नं ०२ बाँसपानी बस्ने वर्ष १९ की सन्ध्या घलानको साथबाट लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम २१० मिलिग्राम, जिल्ला मकवानपुर हेटौडा उ.म.पा. वडा नं १५ रातोमाटे चेकिङ पोईन्ट स्थितबाट ना ३७ प ६४४९ नं. को माेटरसाईकल.चालक जिल्ला पर्सा पोखरीया न.पा. वडा नं. ०१ बनकटवा बस्ने वर्ष २७ को अकलेश महतो कुशहवाको साथबाट २ ग्राम ९१० मिलिग्राम, जिल्ला सप्तरी सम्भुनाथ न.पा. वडा नं.०६ घर भई हाल जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०९ लामसुरे बस्ने वर्ष ३६ को शैलेन्द्र चौधरी र जिल्ला सप्तरी राजगढ गा.पा. वडा नं. ०२ बनैनिया घर भई हाल जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १० बस्ने वर्ष ३६ को अजय सिंहको साथबाट १ ग्राम २८० मिलिग्राम गरी जम्मा ६ ग्राम ४०० मिलिग्राम फेला परेको लागु.औषध बरामद गरी निजहरुलाई सम्मानित मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय मकानपुरका सुचना अधिकारिले बताउनु भयाे ।