रत्तदान कार्यक्रममा सम्पन्न
नेपाली राजनितिका शिखर पुरुष, नेपाली काग्रेसका पुर्ब सभापति, पुर्ब प्रधानमन्त्री श्रद्वेय गिरिजाप्रसाद कोइरालाको १०१औ जन्मदिनको अबसरमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट भरतपुर महानगर समिती द्वारा आयोजित रक्तदान कार्यक्रममा १५ जना महिला सहित ६६ जना रक्तदाताले रक्तदान गर्नु भयो । कार्यक्रममा सस्थाका अध्यक्ष श्री नेत्र नारायण आचार्य को सभापतित्वमा नेपाली काग्रेसका केन्दृय सदस्य एबम ने. का. चितवन का पुर्ब सभापति टेक प्रसाद गुरुङ्ग प्रमुख आतिथ्यता रहेको थियो भने नेपाली काग्रेस चितवनका निबर्तमान सभापति जितनारायण श्रेष्ठ, कार्यबाहक सभापति राजिब न्यौपाने, गिरिजाप्रसाद कोइराला फाउन्डेसन चितवन का अध्यक्ष कमल आचार्य, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि प्रसाद पौडेल को विशिष्ट आथित्यता रहेको थियो । कार्यक्रममा सहकार्य सस्था नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा का सभापती शिव प्रसाद सापकोटा लगायत नेपाली काग्रेस लगायत संघ सँथा बाग्लाे उपस्थित थियाे ।
केन्द्र देखि वडा तहसम्मका विभिन्न ब्यक्तित्वको तथा विभिन्न वडाका वडा अध्यक्ष ज्यु हरुसाथै फाउन्डेसन का जिल्ला देखि क्षेत्र सम्मका अध्यक्ष एबम पधाधिकारी एबम रेडक्रस उपशाखा का सभापति तथा रेडक्रसकर्मी हरुको उपस्थित रहेको थियो ।कार्यक्रमा सस्थाका उपाध्यक्ष कल्पना क्षेत्री ले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचीव सुरेश बाबू ढकालले सचालन गर्नु भएको थियो । यस कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष मन वचन कर्म साथै जिन्सी तथा नगद सहयोग गर्नुहुने सम्पुर्ण प्रती सँथाकाे अध्यक्ष नेत्रनारायण आचार्यले सबैलाई धन्यबाद दिनु भयाे ।
