१० सर्वसाधारणको मृत्यु ५० भन्दा बढी घाईते

Spread the love

किएभका मेयर भिताली क्लिट्स्कोका अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष पाँचतले आवासीय भवनमा खस्दा भवनमा ठूलो क्षति पुगेको छ। केही व्यक्ति भग्नावशेषभित्र फसेको आशंका गरिएको छ भने घटनास्थलमा आगलागीसमेत भएको छ।रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत भीषण आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्।

शेभचेन्किभ्स्की जिल्लामा अर्को आवासीय भवनको पहिलो र दोस्रो तला आंशिक रूपमा भत्किएको छ। त्यहाँ पनि केही व्यक्ति फसेको अनुमान गरिएको छ। राजधानीको डार्नित्स्की जिल्लासहित अन्य स्थानमा रहेका गोदामहरूमा पनि आगलागी भएको अधिकारीहरूले बताएका छन्।यसअघि दुई दिनअघि भएको अर्को रुसी आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए। सोही क्रममा एउटा रुसी मिसाइल पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेको घटना पनि सार्वजनिक भएको थियो।

लगातार बढ्दो हवाई आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका तथा पश्चिमी साझेदार राष्ट्रसँग थप ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पुनः आग्रह गरेका छन्।जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भएको वार्तापछि सामाजिक सञ्जालमार्फत रुसी ब्यालिस्टिक मिसाइल रोक्न ‘प्याट्रियट’ प्रणालीका लागि आवश्यक इन्टरसेप्टरहरू उपलब्ध गराउनु आफ्नो देशको उच्च प्राथमिकता रहेको बताएका छन्।युक्रेनमाथिको रुसी आक्रमण जारी रहेसँगै हवाई सुरक्षा मजबुत बनाउन पश्चिमी मुलुकहरूको थप सहयोग आवश्यक रहेको युक्रेनी पक्षको भनाइ छ।