मुख्यमन्त्रि बानियालाई विश्वासको मत प्राप्त

Spread the love

मकवानपुरको हर्नमाडीमा २०२७ सालमा जन्मेका बानियाँको राजनीतिक जीवन झण्डै चार दशक लामो छ। उनले २०४४ सालमा विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका थिए। काँग्रेस बागमती प्रदेश सभापतिका रूपमा रहेका बानियाँ २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

यसअघि, उनी २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। २०७४ र २०७९ को प्रदेशसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भए पनि उनी २०७९ मा संसदीय दलको नेतामा बहादुरसिंह लामा तामाङसँग पराजित भएका थिए।

गत साउन ९ गते संसदीय दलका नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। त्यसपछि साउन १४ गते भएको निर्वाचनमा २२ मत ल्याएर बानियाँ संसदीय दलको नेतामा निर्वाचित भएका थिए। पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएपछि बानियाँलाई मुख्यमन्त्री नियुक्त गरिएको हो। मुख्यमत्रि नियुक्त भएपछि पुन बिस्वासकाे मतकाे लागि वाग्मति प्रदेश काे सभामा प्रस्तुत हुदा मुख्यमन्त्रि बानिया बाट अर्थतन्त्र बलियाे बनाउन करलाई परदर्शि बनाईने बताउनु भयाे ।जनताकाे स्वास्थमा विशेष ध्यान दिईने , पुर्वाधार अन्तरगत बाटाे पुल निर्माणमा तिब्रता दिईने,पशुपालन कृषि, शिक्षा अन्तरगत कसैलाई पनि गरिबिकाे कारणले शिक्षाकाे अभाव हुन नदिने , युवाहरूलाई याेजगारिकाे लागि सीपमुलक तालिम दिई ब्यवसाय गर्न सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरिने , बिदेशबाट स्वदेश फर्कने युवाहरूलाई तालिमदिई स्वदेशमा ब्यवसाय गर्न विभिन्न याेजना ल्याई स्वराेजगार बनाईने , शान्ति सुरक्षाका लागि काेहि अन्यायमा बस्न नपर्ने ,ढिलासुस्ति अनियमिता हुन नदिने जनतालाई नबितम् ईन्द्रलाेककाे जस्तै यात्राकाे अवसर दिईने बताउनुभयाे ।