आन्तरिक छलफल र संवादमार्फत कांग्रेस फेरि एक हुने विश्वास -शेखर काेईराला

Spread the love

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद संवादबाट समाधान हुने बताएका छन्। शनिबार सानेपा जानुअघि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आन्तरिक छलफल र संवादमार्फत कांग्रेस फेरि एक हुने विश्वास व्यक्त गरेका हुन्।कोइरालाले विश्वभर विभिन्न राजनीतिक दल र देशहरूमा पनि विवाद देखिने तर अन्ततः संवादकै माध्यमबाट समाधान हुने उदाहरण दिँदै कांग्रेसको विवाद पनि त्यसैगरी सल्टिने बताए। “फेरि मिल्छ। मिलाउनुपर्छ। संवाद गर्नुपर्छ। संवादबाट नेपाली कांग्रेसको विवाद सल्टिन्छ,” उनले भने।उनको यो भनाइ नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापासहितको कार्यसमितिलाई शुक्रबार निर्वाचन आयोगले मान्यता दिएको सन्दर्भमा आएको हो। आयोगको निर्णयले कांग्रेसभित्र राजनीतिक तरंग उत्पन्न भएको छ।यसअघि देउवा पक्षले निर्वाचन आयोगले आफ्नो पक्षमा निर्णय नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको थियो। आयोगको निर्णयपछि पार्टीको आगामी रणनीति तय गर्न विघटित केन्द्रीय समितिको बैठक बस्ने तयारी गरिएको छ।पार्टीभित्र विभिन्न धारका नेताहरूबीच मतभेद चर्किएको अवस्थामा शेखर कोइरालाको संवाद र एकताको आह्वानले कांग्रेसको भविष्यको बाटो संवादमार्फत खोज्नुपर्ने सन्देश दिएको देखिएको छ।