सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली-प्रधानमन्त्री बालेन शाह

Spread the love

जेनजी सहिद दिवसका अवसरमा मंगलबार साँझ सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सुशासन कायम हुने प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री बालेन शाहले जेनजीलाई सम्बोधन गर्दै देशमा सुशासन कायम हुने विश्वास दिलाएका छन्।

प्रधानमन्त्री शाहले सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन्।उनले आफ्नो सन्देशमा लेखेका छन्, ‘प्रिय Gen Z, सुशासन कायम हुने नै छ, सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’जेनजी विद्रोह भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशभर जेनजी सहिद दिवस मनाइएको थियो।