शहीद स्मृति कार्यक्रममा सम्मानजनक स्थान दिइएकोमा आलोचना
गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोबिता गौतम, अन्य मन्त्री, सांसद, जेनजी अगुवा तथा शहीद परिवारको सहभागिता मा बिजय भण्डारी र श्रीनिवास आचार्यले पनि अतिथिको हैसियतमा सहभागिता जनाएका थिए ।जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन अगाडि आयोजित स्मृति सभामा विवादित पृष्ठभूमि भएका विजय भण्डारी र श्रीनिवास आचार्य अतिथिका रूपमा मञ्चको अग्रभागमा बसेपछि प्रश्न उठेको छ ।भण्डारीविरुद्ध विगतमा ठगी र वैदेशिक रोजगारीसम्बन्धी मुद्दा चलेको तथा आचार्यविरुद्ध गोली प्रकरण र उग्र अभिव्यक्तिसम्बन्धी मुद्दामा पक्राउ परेको विवरण सार्वजनिक भएको छ । यस्ता विवादित पृष्ठभूमिका व्यक्तिलाई जेनजी शहीद स्मृति कार्यक्रममा सम्मानजनक स्थान दिइएको विषयमा आलोचना भएको छ ।
स्मृति सभामा गृहमन्त्री गुरुङले आलोचक तथा केही राजनीतिक व्यक्तिलाई लक्षित गर्दै ‘अझै समय छ, सुध्रिनुस्’ भन्ने चेतावनीपूर्ण अभिव्यक्तिसमेत दिएका थिए ।
