जनतालाई राज्य साथमा छ भन्ने अनुभूति दिलाउनुपर्ने
बुढानीलकण्ठस्थित लामिछाने निवासमा भएको छलफलमा सुकुम्बासी व्यवस्थापन, गणेश नेपालीको आत्मदाह प्रकरण प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेबीच आइतबार करिब चार घण्टा लामो महत्वपूर्ण भेटवार्ता भएको छ। १०० दिने काम, संसद् सञ्चालन तथा समसामयिक राजनीतिक विषयहरू प्रमुख एजेन्डा बनेका थिए।
भेटका क्रममा रवि लामिछानेले सुकुम्बासीको व्यवस्थापनमा सरकार थप संवेदनशील हुनुपर्ने सुझाव दिएका छन्। उनले प्रधानमन्त्री शाहलाई “गरिबलाई रुवाएर हुँदैन, उनीहरूलाई चित्त बुझ्ने गरी व्यवस्थापन गर्नुपर्छ। सरकारले जनतालाई राज्य साथमा छ भन्ने अनुभूति दिलाउनुपर्छ” भन्ने सन्देश दिएका स्रोतले जनाएको छ।जवाफमा प्रधानमन्त्री शाहले सरकारले सुकुम्बासी व्यवस्थापनका लागि काम अघि बढाइरहेको र केही समयमै सकारात्मक परिणाम देखिने बताएका थिए।
छलफलमा गणेश नेपालीको आत्मदाह प्रकरण पनि उठेको थियो। दुवै नेताले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने र निष्पक्ष अनुसन्धान हुनेमा जोड दिएका थिए।यसका साथै सरकारको सय दिनको काम, संसद्को प्रभावकारी सञ्चालन, छिमेकी मुलुकसँगको सम्बन्ध तथा पार्टीको संगठनात्मक विषयमा पनि दुई नेताबीच विस्तृत छलफल भएको स्रोतले जनाएको छ।यो भेटलाई पछिल्लो समयको सरकार–रास्वपाबीचको सबैभन्दा महत्वपूर्ण राजनीतिक संवादका रूपमा हेरिएको छ।
