अश्विनकुमार राउतको उपचारका क्रममा निधन

Spread the love

जानकारीअनुसार राउतले आज बिहान आफ्नै घरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ५० वर्षीय व्यवसायी अश्विनकुमार राउतको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ।

गम्भीर अवस्थामा तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा उनको ज्यान बचाउन सकिएन।घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। पछिल्लो समय भएका यस्ता दुःखद घटनाले मानसिक स्वास्थ्य, सामाजिक तथा व्यक्तिगत समस्याप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।