३–२ को जितमा एक गोल र एक असिस्ट गरेका मेस्सीले विश्वकपमा ८ गोल
उनले केलियन एमबाप्पे र अर्लिङ हालान्डलाई पछि पार्दै गोल्डेन बुट दौडमा अग्रता लिएका छन्।लियोनल मेस्सीले फिफा विश्वकप २०२६मा एकपछि अर्को कीर्तिमान बनाउने क्रम जारी राखेका छन्।
इजिप्टविरुद्ध ३–२ को जितमा एक गोल र एक असिस्ट गरेका मेस्सीले यस विश्वकपमा ८ गोल पुर्याएका छन्।
यस्तै, मेस्सीले हालसम्म ६ विश्वकपमा ३१ खेल खेल्दै सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन्, जहाँ क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन्।
