प्रमुख प्रतिवादी दोषी सजाय निर्धारण भने आगामी पेशीमा गरिने
सबिना प्रजा
नक्कली भुटानी शरणार्थी प्रकरणमा ऐतिहासिक फैसला, पूर्वउपप्रधानमन्त्रीदेखि पूर्वगृहमन्त्रीसम्म सबै आरोपी बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले मंगलबार ऐतिहासिक फैसला सुनाउँदै मुद्दामा संलग्न सबै प्रमुख प्रतिवादीलाई दोषी ठहर गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा ऐतिहासिक फैसला, पूर्वउपप्रधानमन्त्रीदेखि पूर्वगृहमन्त्रीसम्म सबै आरोपी दोषी ठहर करिब तीन वर्ष लामो न्यायिक प्रक्रियापछि न्यायाधीश तेजबहादुर खड्काको इजलासले फैसला सुनाएको हो। सजाय निर्धारण भने आगामी पेशीमा गरिने अदालतले जनाएको छ।
दोषी ठहर हुनेहरूमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङ्टावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायत अन्य प्रतिवादी पनि छन्।
यसैगरी बेचन झा, प्रतिक थापा, सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी समेत दोषी ठहर भएका छन्।यो प्रकरणमा २०८० जेठ १० गते जिल्ला सरकारी वकिलको कार्यालयले सुरुमा ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी मुद्दा दायर गरेको थियो। त्यसपछि थप प्रतिवादी समेट्दै दुईवटा पूरक मुद्दा पनि दायर गरिएको थियो।
