डिजाइन एन्ड बिल्ड मोडलबाट निर्माण प्रक्रिया
जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।मंगलबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले कर्णालीका सडक तथा पुल निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्। उनले हाल निर्माणाधीन सडक खण्डमा करिब ९ वटा पुल ‘डिजाइन एन्ड बिल्ड’ मोडलबाट निर्माण प्रक्रिया अघि बढाइएको र आवश्यकताअनुसार थप पुल निर्माण गरिने बताए।मन्त्री लम्सालका अनुसार यसै आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लागत अनुमान तयार गरी सडक विस्तारको काम सुरु गरिनेछ।
साथै, पहिरोको दीर्घकालीन समाधानका लागि करिब २७ अर्ब रुपैयाँ बजेट व्यवस्था गरिएको र आगामी तीन वर्षभित्र पहिरोको समस्या न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।उनले मुगुसहित सडक सञ्जाल नपुगेका वा कच्ची सडक भएका कर्णालीका पालिका केन्द्रसम्म सुरक्षित सडक पुर्याउन पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिँदै यसै वर्ष ठेक्का प्रक्रिया अघि बढ्ने बताए।
मन्त्री लम्सालले उत्तरी चीनसँगको सीमासम्म सडक सञ्जाल विस्तार गर्ने योजना पनि सरकारको विशेष प्राथमिकतामा रहेको उल्लेख गर्दै पर्यटन र व्यापार प्रवर्द्धनका लागि उक्त सडकलाई सीमासम्म विस्तार गरिने जानकारी दिए। साथै, आगामी साउन ३ गते कर्णालीको स्थलगत निरीक्षण गरी सडक तथा पुल आयोजनाको अवस्था मूल्याङ्कन गर्ने र त्यसपछि विस्तृत विवरण संसद्मा प्रस्तुत गर्ने बताए।
