अनुशासन उल्लंघन गरेको भन्दै टोलीलाई ३ लाख २१ हजार डलर जरिवाना
स्पेनसँग १–० ले पराजित भएपछि झोक्किएका पारेडेजले इरिक गार्सियाको घाँटी समातेका थिए भने गाभीसँग पनि घम्साघम्सी गरेका थिए। घटनापछि मैदानमै दुवै टोलीका खेलाडीबीच तनाव बढेको थियो।विश्वकप फुटबलको फाइनलमा स्पेनका खेलाडीहरूसँग झगडा गरेको घटनामा अर्जेन्टिनाका मिडफिल्डर लिएन्द्रो पारेडेजसहित अन्य खेलाडीमाथि फिफाले निलम्बन र जरिवाना लगाएको छ।
फिफाले पारेडेजलाई १० अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाउँदै ९० हजार डलर जरिवाना गरेको छ। नाहुइल मोलिनालाई ७ खेलको निलम्बनसँगै ९० हजार डलर जरिवाना गरिएको छ।त्यस्तै, थिएगो अलमाडा र स्पेनका गाभीलाई समान एक खेलको प्रतिबन्ध तथा ३० हजार डलर जरिवाना गरिएको छ।अर्जेन्टिनी राष्ट्रिय टोलीमाथि पनि कारबाही गर्दै फिफाले आगामी दुई घरेलु खेल बन्द रंगशालामा खेलाउन आदेश दिएको छ। अनुशासन उल्लंघन गरेको भन्दै टोलीलाई ३ लाख २१ हजार डलर जरिवानासमेत तोकिएको छ।
