‘हे कृष्ण’ प्रस्तुतिबारे पत्रकार भेटघाट
टिकाराम भण्डारी
आज ‘हे कृष्ण’ प्रस्तुतिका सम्बन्धमा आयोजक युवराज बराल द्वारा निर्मित हे कृष्ण भजन सम्बन्धि युटुब च्यानल शुभारम्भ भएकाे जानकारी गराउँदै यसको उद्देश्य, विषयवस्तु तथा प्रस्तुतिको तयारीबारे चर्चा गरेका थिए। कार्यक्रममा सहभागीहरूले प्रस्तुति मनोरञ्जनसँगै सांस्कृतिक तथा आध्यात्मिक सन्देश प्रवाह गर्ने उद्देश्यले तयार पारिएको बताएका थिए।
भिडियोमा कार्यक्रममा सहभागी गायक युवराज बराल द्ववारा उपस्थित सञ्चारकर्मी तथा अतिथिसामु आफ्ना भनाइ राख्दै विभिन्न विषयमा जानकारी दिएका छन्। निर्देशक चेतराज कडेल, माेडल कलाकार सफल अधिकारी, कलाकार ञन नाथ अधिकारिले कार्यक्रमको महत्वबारे धारणा राख्नु भएकाे थियाे । कार्यक्रममा ‘हे कृष्ण’ सम्बन्धी पोस्टरसमेत प्रदर्शन गरिएको थियो।
कार्यक्रममा प्रस्तुति टोलीसँग सम्बन्धित बाल कलाकार आयन बरालकाे उपस्थिति रहेको थियाे ।हे कृष्ण’ शीर्षकको पोस्टरमा कृष्णको धार्मिक तथा सांस्कृतिक प्रसङ्गसँगै विभिन्न कलाकार तथा प्रस्तुति झल्काउने दृश्यहरू समेटिएका छन्। यसले प्रस्तुति धार्मिक आस्था, नेपाली संस्कृति र कलात्मक अभिव्यक्तिलाई जोड्ने उद्देश्यले तयार गरिएको देखिन्छ।
पत्रकार भेटघाटमार्फत ‘हे कृष्ण’ प्रस्तुतिका बारेमा सञ्चारमाध्यमलाई जानकारी गराउँदै आगामी प्रस्तुतिलाई दर्शकमाझ पुर्याउने तयारीबारे समेत जानकारी दिइएको छ। आयोजक पक्षले कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।
