बस र मोटरसाईकल दुर्घटना

Spread the love

जिल्ला चितवन खैरहनी नगरपालिका १ तरकारी चोक स्थित पुर्व पश्चिम महेन्द्र राजमार्गमा नारायणघाटबाट बर्दिबास जाँदै गरेको बा.प्र. ०३-००१ ख२७७३ नं.को बस र बिपरित दिशाबाट आउँदै गरेको बा.प्र.०१-०१५प ३३८५ मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा हाल नाम थर नखुलेका मोटर साईकल चालक वर्ष ३०/३२ को पुरुष र सोही मो.सा पछाडी सवार वर्ष २५/२६ की महिला दुवै जना गम्भिर घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएको ईलाका प्रहरि कार्यलय खैरहनीबाट प्रहरि निरिक्षक सागर पन्त काे कमाण्डमा टोलि खटिगई बस चालक जि. सर्लाही हरीवन न.पा.८ बस्ने बर्ष ५१को अजय कुमार मास्के र दुवै सवारी साधन ईलाका प्रहरि कार्यलय.खैरहनीको नियन्त्रणमा रहेको बताएकाे छ । माेटर साईकलमा सवार पुरुषको उपचारको क्रमा मृत्यु भएको सोही मोटरसाईकल पछाडी सवार महिला को १४:०० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे ।