स्थानीय सरकारले बञ्चरेडाँडाका समस्याप्रति बेवास्ता गरेकै हाे त ?

Spread the love

सबिना प्रजा

सिहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा भएको बैठकमा मेयर चिरिबाबु महर्जनबीच आशिका तामाङ्ग बिचकाे अभिव्यक्तिलाई आक्रामक भन्दै आपत्ति जनाए ।काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा सांसद आशिका तामाङ र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनबीच तीव्र बहस भएको छ ।

सोही क्रममा आशिकाले टेबल ठोक्दै स्थानीय सरकारले बञ्चरेडाँडाका समस्याप्रति बेवास्ता गरेको आरोप लगाइन् ।उनले त्यहाँका मान्छे होइनन् ? भन्दै प्रश्न गर्दा मेयर महर्जनले सम्झाउने प्रयास गरे पनि आशिका नमानेपछि बैठक छाडेर बाहिरिइन् ।छलफलमा काठमाडौंकी कार्यवहाक मेयर सुनिता डंगोल भने मौन बसिन् ।