बिगो बराबर धरौटी बुझाएपछि हाजिर जमानीमा रिहा प्रहरीकाे अनुसन्धान जारी

Spread the love

सन्ताेष साहाले मुद्दाको बिगो बराबर धरौटी रकम बुझाएपछि हाजिर जमानीमा रिहा गरिएको हो। प्रहरीले अनुसन्धान भने जारी रहेको जनाएको छ ।, बोलाएको बेला उपस्थित हुनुहुन्छ,” एसपी पवन भट्टराईले बताए।जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएपछि प्रहरीले सेफ साहलाई गत शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८, रमानन्द चोकबाट पक्राउ गरेको थियो। उनीसँगै सिराहाको कर्जन्हा नगरपालिका–९ निवासी ५८ वर्षीय नारायण साह सुडी पनि पक्राउ परेका थिए।

गैरीधारास्थित एक रेस्टुरेन्ट खरिदका क्रममा पूरा रकम भुक्तानी नगरेको आरोप लगाउँदै शकुन्तला अधिकारी (थापा) ले सन्तोष साहविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर गरेकी थिइन्। सोही उजुरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर काठमाडौं ल्याएको थियो।धरौटीमा रिहा भए पनि सेफ सन्तोष साहविरुद्धको मुद्दा भने अझै विचाराधीन रहेको छ। प्रहरीले अनुसन्धान प्रक्रिया जारी राख्ने र आवश्यक परे उपस्थित हुनुपर्ने सर्तमा उनलाई हाजिर जमानीमा छाडिएको जनाएको छ।नेपालका चर्चित सेफमध्येका एक सन्तोष साह पछिल्लो समय विभिन्न टेलिभिजन कार्यक्रम तथा अन्तर्राष्ट्रिय पाककला प्रतिस्पर्धामार्फत चर्चामा आएका थिए। उनको पक्राउ र रिहाइको घटनाले सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा व्यापक चर्चा पाएको छ।