विश्व रक्तदाता दिवस २०८१ विविध कार्यक्रम गरि सम्पन्न

Spread the love

नेपाल रेडक्रस सोसाइटी जनस्वास्थ कार्यालय चितवनको सहकार्यमा प्रादेशिक रक्तसन्चार केन्द्र भरतपुर चितवनले रक्तदान उत्सवको दुई दशक देखि स्वयम् सेवि रक्तदाता एवम् रक्तदान गर्न उत्प्रेरणा गराउने व्यक्तिहरुलाइ सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोही कार्यक्रममा रक्तदाताहरुको रक्तदान रेकर्डको आधारमा उच्च मुल्यांकन राखी सम्मानको व्यवस्था प्रादेशिक रक्तसन्चार केन्द्रका प्रमुख रमेश कान्त पौडेलले गर्नुभएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगर नगर प्रमुख रेणु दहाल रहनुभएको थियो भने विशिस्ट अतिथी नगर उप प्रमुख चित्रसेन अधिकारी रहनुभएको थियो । अतिथिहरुमा जनस्वास्थ्य कार्यालय प्रमुख दिनेश रुपाखेती, नेपाली काङ्ग्रेस निवर्तमान सभापती युवा नेता जितनारायण श्रेष्ठ , ने. क. पा. एमाले का नेता देवी ज्ञावली, ने. क. पा. एमाले जिल्ला सचिव प्रकाश ढुंगाना, ने. क. पा. माओवादी नेता बद्री तिमिल्सेना, ने. क. पा. माओआदि नेता द्रोण बाबू सिवाकोटी , भरतपुर महानगरपालिका वार्ड नम्बर १० का जुझारु नेता तथा विकास निर्माणका डिजाइनर प्रमेश्वर खनाल, भरत्पुर महानगर वार्ड नम्बर १२ का अध्यक्ष लेखराज पन्त , वार्ड नम्बर ७ का वार्ड अध्यक्ष राजेन्द्रमणी काफ्ले , सकृय महिला रक्तदाता शिला परियार, अनिता मैनाली , बद्री अधिकारी , पत्रकार महासंघ चितवनका अध्यक्ष तथा रक्तदाता नारायण अधिकारी, चिरफार खबरका प्रधान सम्पादक तथा सकृय रक्तदाता देवराज थपलिया, यस वर्षको सर्वोत्कृष्ट रक्तदान गराउने राजनिती दलका सुवेक्षुक संस्थाहरु र सहकारी संस्थाहरु तथा सम्पुर्ण सक्रिय रक्तदाताहरुको उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति हरी प्रसाद पौडेलले मानविय सेवामा खट्नुहुने स्वयम सेवि रक्तदाताहरुको रेकर्ड राखी सम्मान गर्न पाएकोमा खुशि व्यक्त गर्नुभयो । जहाँ दुख त्यहाँ रेड्क्रस भन्ने भनाइ हरेक नागरिकको मन मस्तिष्कमा पुर्याउनु पर्छ भन्ने कुरामा जोड दिनुभयो । युवा नेता तथा सक्रिय रक्तदाता नेपाली काङ्ग्रेसका निवर्तमान सभापती जितनारायण श्रेष्ठले राजनिती रहित सेवा गर्ने नेपाल रेड्क्रस सोसाइटीको खुलेर प्रशम्सा गर्नुभयो ।उक्त कार्यक्रमको सम्बोधन गर्दै भरतपुर १० का वार्ड अध्यक्ष प्रमेश्वर खनालले मानविय सेवा गर्ने रक्तदाता हरु सम्मानित हुनुभएकोमा अत्यन्तै खुशी लागेको बताउनुभयो। आगामी दिनमा अझै धेरै रक्तदान कार्यक्रम गरि इच्छुक व्यक्तिहरूलाई थप उर्जा समेत प्रदान गर्दै अझै सकृय बनाइने कुरा बताउनुभयो। भरतपुर १२ का वार्ड अध्यक्ष लेखराज पन्तले रक्तदान कार्यक्रमका लागि लाग्ने खर्चको फन्ड समेत व्यवस्था गर्न लागि पर्ने बताउनुभयो। भरतपुर ७ का वार्ड अध्यक्ष राजेन्द्रमणि काफ्लेले सम्पुर्ण रक्तदाताहरुलाइ नथाकी मानविय सेवामा लाग्न अनुरोध गर्नुभयो ।प्रमुख जिल्ला अधिकारी , जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख तथा सक्रिय महिला रक्तदाता लगाएतले रक्तदाताहरुलाइ सम्मानित कार्यक्रम राख्नुभएकोमा नेपाल रेड्क्रस सोसाइटी चितवनका सभापती तथा प्रादेशिक रक्तसञ्चार केन्द्र प्रमुख रमेश कान्त पौडेललाई धन्यवाद दिनुभयो । विशिष्ठ अतिथी भरतपुर महानगरपालिका उप मेयर चित्रसेन अधिकारीले शुभकामना दिदै मानव सेवा नै उत्कृष्ट सेवा भएकोले सम्पुर्ण रक्तदाताहरुलाइ रक्तदान भन्दा ठुलो धर्म अरु नरहेको बताउदै सम्मान स्वरुप धन्यवाद दिनुभयो।उहाले आगामी वर्ष नेपाल रेड्क्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरलाइ स्तरोन्नती गर्न बजेट बिनियोजन गरिने बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिका मेयर रेणु दहालले सक्रिय रक्तदाता तथा रक्तदान कार्यक्रम आयोजकलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै आगामी दिनमा मानविय सेवामा सम्पुर्णमा थप उर्जा प्रदान गरि अगाडि बढ्न आग्रह गर्नुभयो ।भरतपुर महानगरपालिकाले प्रादेशिक रक्तसन्चार केन्द्रको लागी जग्गा व्यवस्थापन गरि सुविधा सम्पन्न भवन निर्माणका लागि बजेट छुट्याइने समेत बताउनुभयो।उक्त कार्यक्रम सन्चालन प्रादेशिक रक्तसन्चार केन्द्रका प्रमुख रमेश कान्त पौडेलले गर्नुभएको थियो ।