बंगलादेशको निर्वाचनमा चर्चित उम्मेदवार तास्निम जारा पराजित

Spread the love

बंगलादेशको संसदीय निर्वाचनमा चर्चित उम्मेदवार तास्निम जारा पराजित भएकी छन्। सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएकी जारा ढाका क्षेत्र नम्बर ९ बाट चुनावमा तेस्रो स्थानमा रहेकी हुन्।अखबारहरूले जनाएअनुसार, भकुन्डो चुनाव चिह्न लिएर मैदानमा उत्रिएकी जाराले कुल ४४,६८४ मत पाइनन्। विजयी उम्मेदवार बंगलादेश नेसनालिस्ट पार्टीका हाबिबुर रसिदले १,११,२१२ मत प्राप्त गरी पहिलो स्थान हासिल गरेका छन्।जारा चिकित्सक पेशाकी ३१ वर्षीया युवा नेता हुन् र उनी बंगलादेशको विद्यार्थी आन्दोलनबाट उदाएकी नेतृ हुन्। उनको चुनाव चिह्न धानको बाला थियो र चुनावअघि उनलाई बलियो प्रतिस्पर्धीको रूपमा परिचित गराइएको थियो।