मानवअधिकार तथा शान्ति समाज चितवन द्वारा कार्यक्रम सम्पन्न

Spread the love

मानवअधिकार तथा शान्ति समाज चितवनले स्थापनाको(१९ जेश्ठ) २८ औॅ वर्षको अवसरमा बृद्धातथ स्थापना दिवसको पूर्वसन्ध्यामा देवघाटमा रहेको रोटरि करुणा बृद्धआस्र्ममा रहेका जेश्ठ नागरिक वृद्ध बृद्धाहरुलाइ बेलुका(साझको)खाना खुवाएर मनाएकोछ । मानव अधिकार तथा शान्ति समाजले आफ्नो स्थापनाको अबसरमा विभिन्न कार्यक्रम अन्तरगत आज खाना खुवाएको हो। कार्यक्रममा शाखा सभापति शम्भु राउत कोशाध्यक्ष तारा पौडेल सचीव जीवन के सि कार्यसमिति सदस्य सुपिर्या सापकोटा ,सुशील राना झलक प्रसाद अधिकारी, राजेन्द्र प्रसाद वाग्ले, सदस्य विश्व राज ढुंगाना, ऋषि खनिया रामचन्द्र बास्तोलाको उपस्थितिमा सम्पन्न भएको कार्यक्रम सम्योजक पुर्ण चन्द्र चापागाईंले बताउनु भयो। मानव अधिकार तथा शान्ति समाजले देशैभरका जिल्ला शाखाहरू र केन्द्रीय कार्यालायबाट एक हप्ताभरिको कार्यक्रम बनाएर त्यसै अनुरुप आफ्नो बार्शिक उत्सव मनाइरहेकोछ । त्यसै मध्यको एक कार्यक्रम जेश्ठ नागरिक सेवा तथा सम्मान पनि रहेको छ ।